वन कुकुर अथवा सुनकुकुर (वैज्ञानिक नाम: Cuon alpinus)[२][३][४][५][६][७] नेपालमा पाइने एक प्रकारको जनावर हो । यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको राती सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा 'लोपोन्मुख' संरक्षण स्थितिमा सूचिकृत गरिएको छ[८]। वनकुकुरलाई नेपालमा ब्वाँसो भनेर पनि चिनिन्छ[९][१०]( यो ब्वाँसोसँग नझुक्किनु होला ) ।
वनकुकुर एशियामा रैथाने प्रजाति हो। पहिले-पहिले यसको फैलावट व्यापक र एशियामामा मज्जाले पाइन्थ्यो तर आजभोलि धेरै देशहरुबाट लोप भइसकेको छ।