salin magar vlogs
ब्लगर (पूर्व नाम: ब्लगस्पट) एक ब्लग होस्टिङ सेवा हो, जो गूगल ब्लगर प्रोग्रामद्वारा उपलब्ध गराइन्छ र जसद्वारा ब्लगर्स आफ्नो नयाँ ब्लग छिटै बनाउन सक्छन् । यसको मद्दतले डोमेन नेम र होस्टिङ जबसम्म ब्लगरले चाहन्छ, निःशुल्क उपलब्ध रहन्छ । गुगलको एडसेंस कार्यक्रमद्वारा ब्लगरले आफ्नो ब्लगबाट आम्दानी पनि गर्न सक्दछन् । यो सुविधा अन्य ब्लगिङ कार्यक्रममाथि निर्भर हुँदैन । ब्लग कुनै पनि कार्यको लागि प्रयोग गर्न सकिन्छ, चाहे त्यो निजी दैनिकीको रूपमा होस् वा व्यावसायिक कार्यको लागि वा सामान्य रूपमा आफ्नो विचार अरुसम्म पुर्याउने कार्यको लागि होस् । ब्लगस्पटको आरम्भ १९९९ मा एक होस्टिङ टूलको रूपमा पायरा ल्याब्सले गरेकी थिइन् । सन् २००३ मा यसलाई गुगलले किनेको थियो । त्यसपछि यो इन्टरनेट मा सबैभन्दा प्रसिद्ध निःशुल्क होस्टिङ वेबसाइट बनेको थियोे ।
यसमा ब्लग निर्माणकार्यको लागि कुनै जटिल सफ्टवेयर या जानकारी डाउनलोड गर्न या त्यसको प्रयोग गर्नु पर्दैन। यसमा आफ्नो ब्लग बनाउने कार्यको लागि प्रयोक्ताले केवल गुगलमा आफ्नो खाता बनाउनुपर्छ । यस साइनअप कार्यको लागि प्रयोक्ता लाई एक अलग नाम राख्नुपर्ने हुन्छ जो उसको ब्लगको नाम हुन्छ । यही नाम डोमेन नेमको रूपमा पनि प्रयोग हुदछ।[१] ब्लगस्पट मा अन्य केही ब्लगिङ सेवाहरू जस्तो सुविधाहरु उपलब्ध हुँदैन, तर यसको सर्वसाधारण टुल्स र अन्य सुविधाले ब्लगिंगलाई अत्यन्त सरल बनाई दिन्छ। तर यसको अर्थ ये होइन, कि ब्लगस्पट मा आधुनिक सुविधाएं छैन। अधिकांश उन्नत प्रयोक्ता आफ्नो ब्लगमा धेरै परिवर्तन ल्याउन सक्दछन्, जसमा आफ्नो साँचो (टेम्प्लेट) डिजाइन गर्न र गुगलको वेबसाइट विश्लेषण (वेबसाइट एनलाईजिंग) कार्यक्रमको प्रयोग गर्ने सुविधा समेत छ । गुगलमा हजारौं उपकरण (गैजेट) छ, जसलाई ब्लग्स मा जोड्न (अट्याच गर्न) सकिन्छ । यसको मद्दतबाट ब्लगरले बहुउपयोगी ब्लग तयार सक्दछन्, जसको मद्दतबाट धेरै ब्लगर एउटै ब्लगमा आफ्नो योगदान दिन सक्दछन् ।
ब्लगरले सामग्री भण्डारण एवं तरङ्गदैर्घ्य (बैंडविड्थ), प्रति उपयोक्ता खाताको सीमा नियत गरेको छ[२]:
१८ फरवरी, २०१० मा,[३] ब्लगर ले स्वतः-पृष्ठांकन "ऑटो-पेजिनेशन" आरम्भ गरेको छ, जसमा प्रति पृष्ठ प्रदर्शित पोस्ट सीमित भएको छ। जसको कारण मुखपृष्ठमा पोस्टहरूको संख्या उपयोक्ता द्वारा बताएको संख्या भन्दा हुदछ र केही उपयोक्ता रुष्ट पनि भएका छन।[४][५]
ब्लगरलाई समय-समयमा निम्न देशहरूमा अवरुद्ध गरिएको छ:
<ref>
हिन्दुस्तान